पोखरा । झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु ! घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्न थाल्छ । घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको…