काठमाडौं । नेपाली कांग्रेसले समयावधि नसकिंदै प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश संरचनाको अपमान गरेको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ प्रेस बिज्ञप्ति प्रकाशित गरेर सरकारको प्रदेश २ का प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । शर्माले प्रकाशित गरेको बिज्ञप्तिमा निर्वाचनको घोषणा गर्ने तर दलको विबाद निरुपण नगर्न…