७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बाँके र रुपन्देहीमा अहिलेसम्मकै कम संक्रमण, बाँकेमा १२ र रुपन्देहीमा ५१ जना मात्र संक्रमित थपिए



बुटवल । बाँके र रुपन्देहीमा आज पनि कोरोना संक्रमणको दर घटेको छ । बाँकेमा पहिलो पटक कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम संक्रमित भेटिएका छन् भने रुपन्देहीमा पनि अहिले सम्मकै कम संख्यामा संक्रमण पुष्टि भएको छ ।

बाँकेका २ वटा प्रयोगशालामा भएको १४७ नमुना परीक्षण गर्दा बाँकेका १२ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २४ घण्टाको अवधीमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका ७ जनाको मृत्यु भएको छ भने २४० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । डीसीएमसी बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेजमा ७० नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी पीसीआर ल्यावमा ७७ नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या २८९ पुगेको छ भने जिल्ला बाहिरका मृत्यु हुनेको संख्या २८२ पुगेको छ । जिल्लामा ८५५ जना सक्रिय संक्रमित छन् ।

यता रुपन्देहीको ४ वटा प्रयोगशालामा भएको ३१३ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमतिको मृत्यु भएको छ भने ३०३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । रुपन्देहीमा अहिले सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२१ पुगेको छ । जिल्लामा अहिले पनि २८३३ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल