१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

संसद बिघटनको प्रस्ताव लगत्तै प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रस्ताव राखेको समाचार सार्वजानिक भएलगत्तै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्। सत्तारुढ नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।…