१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

आगलागीमा परेर एक जनाको मृत्यु

सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१६ बोरियाका एक ज्येष्ठ नागरिकको आज बिहान आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज-१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।…