नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो प्रशारण गर्ने हिमान्सु शाही पक्राउ परेका छन् । स्वास्थ्य जाँच गर्न आएकी युवतीले स्वास्थ्यकर्मीमाथि गरेको हातपातको मिडियो सार्वजनिक गर्ने शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य परिक्षणका क्रममा स्वास्थ्यकर्मीले योनाङ्गमा स्पर्श गरेको भन्दै स्वास्थ्यकर्मी गणेश थापामाथि हातपात गरेको भिडियो सामाग्री अहिले सामाजिक सञ्जालमा भाइरल…