बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५, बैंक रोड निवासी ६० वर्षीय तारचन सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिप्परले सोही दिशातर्फ गुडिरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । तीव्र गतिमा…