२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

तिनाउमा आएको बाढीले बुटवलमा ६ घर बगायो, दुई सयभन्दा बढी घर जोखिममा

बुटवल । तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ । शनिबार राति नदीमा पानीको बहाव बढेपछि दुईवटा पक्की र चारवटा कच्ची घर बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बाढीले टप मझुवा क्षेत्रमा रहेका घरहरू बगाएको हो ।…