काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई…