काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्र विगतका घोषणापत्रजस्तो केवल प्रतिबद्धतामा सीमित नभई कार्यान्वयनयोग्य योजना भएको बताएका छन् । उनले प्रतिज्ञापत्रमा उल्लेख गरिएका कार्यक्रमहरूलाई आगामी वैशाख महिनादेखि नै कांग्रेस नेतृत्वको सरकारले कार्यान्वयन गर्ने स्पष्ट खाका प्रस्तुत गर्ने बताए । प्रतिज्ञापत्र सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कांग्रेसले यसपटक कार्यान्वयनमा केन्द्रित,…