२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकखण्डमा कालोपत्र गर्ने काम…