बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ । आइतबार बिहान बाढी आएको समयमा खोलाबाट दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका-३ पैयुखर्क घर भई हाल बुटवल-१७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर वि.क. बाढीमा फसेका थिए । इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा…