बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकस्थित टपरी एग्रोका प्रबन्ध सञ्चालक जमुना आचार्य जलजला गाउँपालिकाको सर्वोत्कृष्ट उद्यमी घोषित भएकी छन् । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखि उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय लामाखेतमा आयोजित लगानी प्रस्तुतीकरण कार्यक्रममा उत्कृष्ट अंक…