९ भदौ २०८३, मंगलबार | August 25, 2026

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै सांसदबीच बढ्दै गएको असमझदारी तथा दूरी कम गर्न पार्टी नेतृत्वले आज मन्त्री र सांसदलाई सँगै राखेर विशेष छलफल गर्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदीय अनुशासन र मर्यादाका विषयमा स्पष्ट निर्देशन दिने कार्यक्रम रहेको…