काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । नतिजा अनुसार कूल १४ हजार ९१० विद्यार्थी सहभागी भएका मध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २…