काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल आज (शनिबार) खेल्दैछ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्ने लक्ष्य राखेको छ । मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुनेछ । सोही मैदानमा बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने…