काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा, आन्तरिक लोकतन्त्र तथा संगठनात्मक सुदृढीकरणलाई बेवास्ता गरेको आरोप लगाउँदै नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेको बताएका हुन् । उनले आफूले गठन…