२८ माघ २०८२, बुधबार | February 12, 2026

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो ।…