१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै…