११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता, आवश्यक सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित चिनियाँ राजदूत छन सोङले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङले नेपाललाई आवश्यक परेमा असल छिमेकीको नाताले चीन सधैं सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपालका जनताको चाहनालाई चीनले सदैव सम्मान गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग…