काठमाडौं । धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ । उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला…