दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ । दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरिसकेको छ ।…