डोटी । डोटी जिल्लाका कम्तीमा पनि १ दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा १ हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा स्थानीय गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन । जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ कुल्पातेस्थित सामुदायिक वनमा बुधवार एकाएक डढेलो फैलिएपछि…