एजेन्सी । म्यानमारको सैन्य कू विरुद्ध चलिरहेको आन्दोलनमा आइतबार ३८ जनाको मृत्यु भएको छ । देशका विभिन्न शहरमा भएका प्रर्दशनमा त्यहाँको सुरक्षा फौजले चलाएको गोली लागि ३८ जनाको मृत्यु भएको हो । आइतबारको दिनलाई सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा लिइएको म्यानमारका अभियानकर्मीहरूले बताएका छन । द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले…