नेपालगन्ज । भ्रष्टाचारविरोधी नागरिक अभियन्ताको आवरणमा पूर्व राजा ज्ञानेन्द्रको प्रचारक ज्ञानेन्द्र शाही समूहले कथित निगरानीका नाममा भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी दुर्ब्यवहार गरेपछि ज्ञानेन्दै शाही सहित उनको समूहलाई कारवाही गर्न नेपालगन्ज बिभिन्न संघसंस्थाहरुले माग गरेका छन् । सोमबार दिउँसो अस्पतालमा गैरकानुनीरुपले निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य, नर्सिङ स्टाफ देवा जोशी…