१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कोरोना अपडेट : १६९ को मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि, ६४०४ संक्रमणमुक्त

काठमाडौं । मंगलबार देशभर कोरोना भाइरसका ८ हजार ६३६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २२ हजार ९३६ नमुना परीक्षण गर्दा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो । यसअवधीमा ६ हजार ४०४ जना संक्रमण मुक्त भएका छन् । मृत्यु हुनेको संख्या १६९ रहेको छ ।