नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवलपरासी बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभामा ठकुरी औपचारिक रूपमा कांग्रेसमा समाहित भएका हुन् । उनलाई कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले खादामाला ओढाएर पार्टीमा स्वागत गरेका थिए । निर्वाचनको मुखमा भएको…