रुपन्देही । प्रदेश ५ को प्रदेशसभामा आइतबार सदस्यले गुल्मी र अर्घाखाँचीमा बाढी र पहिरोले पुर्याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यले शून्य समयमा तत्काल उद्धार र राहतका कार्यक्रम लैजान प्रदेश सरकारसँग माग गरे । गुल्मीका प्रदेशसभा सदस्य गीता थापाले जिल्लाको मुसिकोट र इस्मामा बाढी र पहिरोले क्षति पुर्याएको उल्लेख…