काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाको विरोधमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार त्रिवि परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले टाउकोमा किताब र निधारमा पट्टि बाँधेर चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोध गरेका छन्…