चितवन । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड–१९ को परीक्षण सुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण…