अफगानिस्तानको शान्ति प्रक्रिया संकटमा पर्दैगरेको समयमा पाकिस्तानका सेना प्रमुख कोमार जाभेद बाजवाले छिमेकी अफगानिस्तानको अर्थपूर्ण भ्रमण गरेका छन् । अफगानिस्तान भ्रमणमा रहेका पाकिस्तानका सेना प्रमुखले मंगलबार अफगानिस्तानका राष्ट्रपति असरफ घानी र राष्ट्रिय पुनर्निर्माणका लागि उच्च आयोग अध्यक्ष अब्दुल्ला अब्दुलासँग भेट गरेका छन् । भेटमा पाकिस्तान र अफगानिस्तानको सम्बन्ध थप सुदृढ गराउनेबारे छलफल भएको छ ।…