बुटवल । हरियाली यातायात प्रालिको सातौँ वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन रिक्सा व्यवसायी संघ तथा रिक्साधनी चालक भलाई कोषका पूर्व अध्यक्ष इन्द्रध्वज मल्लले गरेका थिए । उद्घाटन कार्यक्रममा मल्लले व्यवसायी तथा चालकहरूको हकहित संरक्षणमा संस्थाले अझ अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले दुर्घटनाको जोखिम न्यूनीकरण र समस्याको समाधानमा संस्थाले…