जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ । शनिबार बिहानदेखि जनकपुरधाम-६ स्थित गोरधोइ पोखरीको अतिक्रमित डिल डोजर लगाएर खाली गराउन थालिएको हो । गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलमा बनेका संरचना हटाउन डोजर परिचालन गरेको हो । अतिक्रमित जग्गा खाली गर्न यसअघि गुठी संस्थानले साउन १…