१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पर्वतको पहिरोमा पुरिएका मध्ये ६ जनाको शव फेला, ३ को खोजी जारी

पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ । अझै तीन बेपत्ता छन् । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक…