गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गरेका छन् । धुर्कोट गाउँपालिकाले वडा नं. ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार एक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गरेका हुन् ।…