बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने प्रस्ताव अघि बढाएको प्रदेश सरकारले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको छ । प्रदेश ५ मन्त्रिपरिषद्को आज बसेको बैठकले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको हो । यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई जोडेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने समेत निर्णय…