२९ बैशाख २०८२, सोमबार | May 12, 2025

प्रदेश राजधानी सार्ने विषयले नेकपामा चर्कियो गम्भीर विवाद



बुटवल । प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने विषयले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गम्भीर विवाद उत्पन्न भएको छ ।

विवादकै बीच बुटवलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएकोमा असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको भन्दै तिब्र असन्तुष्टि जनाउँदै आएका छन् ।

श्रेष्ठकै नेतृत्वमा नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ जना प्रदेशसभा सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

सांसद श्रेष्ठले सभामुखलाई बुझाएको राजीनामा पत्रमा भनेका छन्, ‘..आकस्मिक रुपमा हठात प्रदेशको नामाकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्ताव पश्चात उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षको रुपमा उपस्थित घटनाक्रमसँग केहीपत्रपत्रिकाबाट गरिमामय सभापतिको मर्यादाबाट विचलित भएको परिवेशले कुप्रचारको रुपमा मर्यादा उपर गहिरो चोट पुगेकाले राजधानी केन्द्र निर्धारणसँग साटेको आवाज जनतामा भ्रम छर्न खोजेको आभाष गर्दै स्वच्छ स्वाभिमानबाट काम गर्न असहज महशुस भएकोले उक्त समितिबाट राजीनामा पेश गर्दछु ।’

विपक्षी दलहरु एवं पेशागत संगठनहरु राजधानी सार्ने प्रस्तावको विरुद्ध आन्दोलनमा उत्रिरहँदा सत्तारुढ नेकपाका नेता र सांसदहरु अलमलमा परेका थिए । तर, नेकपा रुपन्देही, बुटवल नगर कमिटीले आन्दोलनका लागि बाटो खुलाइसकेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको विशेष सक्रियतामा प्रदेश राजधानी सार्ने प्रस्तावमा पार्टीका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पु्ष्पकमल दाहाल प्रचण्डलाई सहमत गराइसकेपछि प्रदेशसभामा अचानक प्रस्ताव ल्याइएको थियो ।

प्रदेशसभामा आजैबाट छलफल सुरु हुन लागेको यो प्रस्ताव स्वयं नेकपाका लागि भने गलपासो बनेको छ । प्रदेशसभामा छलफल हुनुअघि सभाभवन आसपासको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको छ ।

विपक्षी काँग्रेसले हिजो प्रस्तावको विरोधमा रुपन्देही बन्दको आयोजना गरेको थियो भने साँझ काँग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्री पोखरेलको गाडीमा आक्रमणम समेत गरेका थिए ।

कोरोना महामारीको बीचमा सुरु भएको राजधानीको राजनीतिले बुटवललाई अझै केही दिन तरङ्गित बनाउने देखिएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ११ बजे

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा