६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेश राजधानी सार्ने विषयले नेकपामा चर्कियो गम्भीर विवाद



बुटवल । प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने विषयले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गम्भीर विवाद उत्पन्न भएको छ ।

विवादकै बीच बुटवलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएकोमा असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको भन्दै तिब्र असन्तुष्टि जनाउँदै आएका छन् ।

श्रेष्ठकै नेतृत्वमा नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ जना प्रदेशसभा सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

सांसद श्रेष्ठले सभामुखलाई बुझाएको राजीनामा पत्रमा भनेका छन्, ‘..आकस्मिक रुपमा हठात प्रदेशको नामाकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्ताव पश्चात उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षको रुपमा उपस्थित घटनाक्रमसँग केहीपत्रपत्रिकाबाट गरिमामय सभापतिको मर्यादाबाट विचलित भएको परिवेशले कुप्रचारको रुपमा मर्यादा उपर गहिरो चोट पुगेकाले राजधानी केन्द्र निर्धारणसँग साटेको आवाज जनतामा भ्रम छर्न खोजेको आभाष गर्दै स्वच्छ स्वाभिमानबाट काम गर्न असहज महशुस भएकोले उक्त समितिबाट राजीनामा पेश गर्दछु ।’

विपक्षी दलहरु एवं पेशागत संगठनहरु राजधानी सार्ने प्रस्तावको विरुद्ध आन्दोलनमा उत्रिरहँदा सत्तारुढ नेकपाका नेता र सांसदहरु अलमलमा परेका थिए । तर, नेकपा रुपन्देही, बुटवल नगर कमिटीले आन्दोलनका लागि बाटो खुलाइसकेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको विशेष सक्रियतामा प्रदेश राजधानी सार्ने प्रस्तावमा पार्टीका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पु्ष्पकमल दाहाल प्रचण्डलाई सहमत गराइसकेपछि प्रदेशसभामा अचानक प्रस्ताव ल्याइएको थियो ।

प्रदेशसभामा आजैबाट छलफल सुरु हुन लागेको यो प्रस्ताव स्वयं नेकपाका लागि भने गलपासो बनेको छ । प्रदेशसभामा छलफल हुनुअघि सभाभवन आसपासको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको छ ।

विपक्षी काँग्रेसले हिजो प्रस्तावको विरोधमा रुपन्देही बन्दको आयोजना गरेको थियो भने साँझ काँग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्री पोखरेलको गाडीमा आक्रमणम समेत गरेका थिए ।

कोरोना महामारीको बीचमा सुरु भएको राजधानीको राजनीतिले बुटवललाई अझै केही दिन तरङ्गित बनाउने देखिएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ११ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना