बुटवल । प्रदेश सरकारले बुटवलमा रहेको अस्थायी राधानी दाङ सार्न थालेको भन्दै रुपन्देहीका १६ वटै पालिकाहरुले असन्तुष्टि जनाएका छन् । शनिबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै पालिकाहरुले प्रदेशको केन्द्र तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भुगोलको सुगमतालाई ध्यान दिनुपर्ने विषयसमेत संविधानमै व्यवस्था गरिएको औंल्याएका छन् । प्रदेश ५ को स्थायी मुकामका सम्बन्धमा प्रदेश ५ सरकारले…