नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको सम्पन्न निर्वाचनमा विवाद उत्पन्न भएपछि महासचिव पदको मतगणना पुनः गरिने भएको छ । निर्वाचन समितिका आयुक्त टिकाजङ्ग सिंहले एक सूचना जारी गर्दै मंगलबार बिहान पुनः मतगणना हुने जनाएका हुन् । निर्वाचन अधिकृतले सूचनामा महासचिवको उम्मेदवार भीम रानाभाटको मोबाईलमा सम्पर्क हुन नसकेको जनाउँदै सूचनका आधारमा मतगणनामा उम्मेदवार स्वयम वा प्रतिनिधि…