४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज दुर्गा भवानीको मूर्ति नदीमा सेलाइँदै, दुर्घटनाबाट जोगाउन गोताखोर सहितको उद्धार टोली परिचालन

नेपालगन्ज । नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज नदीमा सेलाइँदैछ । बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय मातादी) को नारा लगाउँदै…