पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्छ । ५९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३१ सांसद रहेका छन् । विश्वासको मत हासिल गर्न…