२३ बैशाख २०८१, आइतबार | May 5, 2024

तिलोत्तमामा एसइई तयारीका विद्यार्थीलाई अनलाइन कक्षा

तिलोत्तमा । लकडाउनको कारण विद्यार्थीहरु विद्यालय जान-आउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो । विषयविज्ञ शिक्षकहरुले हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ ।…