धनगढी । प्रचण्ड नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सुदुरपश्चिमको राजधानी धनगढीमा विशाल सभा आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमन विरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल नेकपाले आज धनगढीमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्दैछन्…