काठमाडौं । नेपाल प्रहरीले ३३औं प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले ३३औं प्रहरी महानिरीक्षकमा कार्कीलाई पाएको हो । कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रुपमा कार्यरत छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर…