बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्रका कक्षा १ देखि ५ सम्म अध्ययनरत २४ हजारभन्दा बढी विद्यार्थीलाई स्थानीय पाठ्यक्रमअन्तर्गतको ‘हाम्रो बुटवल’ पुस्तक निःशुल्क वितरण गरेको छ । यसअघि सामुदायिक विद्यालयमा मात्र उपलब्ध गराइँदै आएको उक्त पुस्तक यस वर्षदेखि पहिलोपटक संस्थागत विद्यालयका विद्यार्थीलाई पनि निःशुल्क प्रदान गरिएको हो । शुक्रबार उपमहानगरपालिकामा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले…