११ असार २०८३, बिहिबार | June 25, 2026

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् । विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुुञ्जिरहेका छन् । “श्रीराम आराध्यदेव मात्र होइन, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,” लक्ष्मीनारायण मठका…