बुटवल । आम सञ्चारमा बुटवलको कोरोना संक्रमणको सुचना प्रभावकारी रुपमा नआएपनि बुटवल उपमहानगरलाई कोरोना संक्रमणले घेराबन्दी गरिसकेको अवस्था देखिएको छ । उपमहानगरमा व्यवसायी, कर्मचारी, स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्रि नै नभएका सर्वसाधारणमा पनि कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरमा राति १२ बजेपछि मात्र १६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको…