३ श्रावण २०८३, आइतबार | July 20, 2026

ए मान्छे ! अब सोच्ने कि ?

स्वार्थी, अहंकार, घमण्डले फुल्लिएर,उर्लिएर, चुलिएर,मक्किएर पोखिदै गरेको त्यो मान्छे विलासितामा बिगि्रएको हो कि बेहोसिमा हुर्किएको हो आवेश, असहिष्णुताको कोपभाजनमा रमाउदै र रमिते बन्दै हुस्किमा चुस्की लगाउने त्यो मान्छे पृथ्वी आफ्नो मात्र भएको जस्तो गरेर एकलौटी दादागिरी देखाउने दुनियाँ चलाउने ठेगदारी आफ्नै हो भनेर शासन चलाउने त्यो मान्छे शस्त्रअस्त्र, गोलाबारुध, आणविकताले सुसोभित सम्पन्न नागाशाकी र हिरोसिमा…