३१ भदौ २०८३, बुधबार | September 16, 2026

माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगितामा पाकिस्तानका हम्जा र मजहरले जिते स्वर्ण पदक

पोखरा । पोखरामा जारी तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा पाकिस्तानी खेलाडी हम्जा उमर सइद र मजहर अब्बासले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् । यी उत्कृष्ट जितपछि पाकिस्तानको स्वर्ण पदक संख्या ६ पुगेको छ । पाकिस्तानकै हारुन खान र अरबाज खानले रजत पदक जितेका छन् । ८७ प्लस वर्गको क्योरुगी प्रतियोगिताको…