भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा वेष्टर्न क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै डिभिजन ‘ए’मा प्रवेश गरेको छ । यसअघि बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् । सिद्धार्थ रंगशालामा टस जितेर…