काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् । पार्टीको सचिवालय बैठक बस्नु केही घण्टा अघि नेता पोखरेलले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै 'पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्रै जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी…